अन्तिममा सम्हालिन नसक्दा नेप्सेमा उच्च गिरावट, सूचक ३८ अंकले घट्दै २९१५ बिन्दुमा

644
Shares

काठमाडौं । सेयर बजारमा ३८.४० अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.४० अंकले घटेर २९१५.७३ बिन्दुमा खुम्चिएको छ ।

अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ४७.९३ अंकले घटेर २९५४.१४ बिन्दुमा सीमित भएको थियो । मंगलबार भने नेप्से ३०.७६ अंकले बढेर चार वर्षपछि पहिलो पटक नेप्से ३००२ बिन्दुमा अडिएको थियो ।

बिहीबार नेप्सेमा कुल १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा १६ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएकामध्ये ५२ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ ।

बिहीबार ट्रेड टावर कम्पनी र नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पोरेट विकास बैंक, ग्रिन विकास बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।

आज फाइनान्स समूहको सेयर मूल्य ०.९२ प्रतिशतले बढ्दा अन्य सबै समूहको इन्डेक्स घटेको छ ।