नेपाल पुनर्बिमा कम्पनीले पुँजी पुर्‍याउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

630
Shares

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले पुँजी पुर्याउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको ५७० औं बैठकले पुँजी वृद्धि गर्न सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

नेपाल बिमा प्राधिकरणको २०८१ पुस २५ गते गरेको निर्देशनअनुसार २०८२ माघ मसान्त भित्रै पुँजी वृद्धि गर्नुपर्ने छ ।

प्राधिकरणले तय गरेको पुनर्बीमाको सीमा एंव व्यवसाय विस्तार गर्न र अन्तराष्ट्रिय बजारमा उपस्थिती बढाउन अर्थमन्त्रालयको स्वीकृत लिएर शत प्रतिशत हकप्रद जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत लिइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि जारी हुने बताइएको छ ।