
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर बिहीबारबाट निष्काशन तथा बिक्री खुला भएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यस अनुसार कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्काशन खुला गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँडश्चात कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।










प्रतिक्रिया