
काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओमा बिहीबारबाट आवेदन दिन सकिने भएको छ ।
कम्पनीले बिहीबारबाट आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेकाका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर पनि बाँडफाँड गरिसकेको छ ।
हाल दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ताका लागि आवेदन खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ ।








प्रतिक्रिया