
काठमाडौं । उड्डयन प्राधिकरण टुक्राउने विधेयक छिटो र प्रभावकारी रुपमा आउँने संसदीय समितिका सदस्यहरुले बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
उनले विधेयकलाई उच्च प्राथमिकताका साथ समितिमा छलफल गरिरहेको पनि बताए । हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयक एक अर्कासँग सम्बन्धित रहेकाले उच्च प्राथमिकताका साथ छिटो समितिबाट टुंगो लगाउन जरुरी रहेको उनको भनाइ छ ।
दुई वटै विधेयक एक अर्काका परिपूरक भएको पनि उनले उल्लेख गरे । विधेयकलाई छिटो र प्रभावकारी रुपमा अघि बढाउन समिति क्रियाशिल रहेको उनले बताए ।
उनले भने, ‘यो विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको छ । यही गतिका साथ पास गर्नेगरी तयारी गर्नुपर्यो भन्नेकुरा आएपछि हामीले यसलाई निरन्तर उच्च प्राथमिकताका साथ राखेका छौँ ।’
उनले थपे ‘हवाई सेवा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण विधेयक यो एक अर्कासँग सम्बन्धित छ । दुई वटै विधेयक एक अर्काका परिपूरक हुन् । संरचना बाहेक अरु उस्तै उस्तै छ । यसलाई कसरी छिटो र प्रभावकारी बनाउने भन्ने विषय हो । छिटोका नाममा दुर्घटना नहोस् ।’
समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको छ । समितिमा नेपाल नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले देशमा थप विमानस्थल आवश्यक हो वा होइन भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताए ।








प्रतिक्रिया