चीनमा डेढ खर्बको भैंसीको मासु निर्यात गर्न सिन्धुलीमा यस्तो बन्दैछ भव्य फ्याक्ट्री, २० अर्ब लगानी (भिडियो)

1k
Shares

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनको साझेदारीमा सिन्धुलीमा निर्माण हुन लागेको थर्मल्ली प्रोसेस्ड कुक्ड वफेलो मिट फ्याक्ट्री (भैंसीको मासु प्रशोधन फ्याक्ट्री) को लागि उद्योग विभागले २० अर्ब नेपाली रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ ।

उक्त कारखानाको नेपालस्थित साझेदार कम्पनी हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेडका परियोजना प्रमुख तथा अध्यक्ष डा. नवीन शर्माका अनुसार गत बिहीबार उद्योग विभागले कारखाना सञ्चालनका लागि २० अर्ब नेपाली रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको हो ।

हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेडले चीनको सांघाई जियान पब्लिक लिमिटेडको सहायक कम्पनी छेङ्दु जियान फूड लिमिटेडको आर्थिक सहयोगमा अत्याधुनिक पूर्ण स्वचालित प्रोसेस्ड कुक्ड वफेलो मिट फ्याक्ट्री निर्माण गरी सञ्चालनमा ल्याउन लागेको हो । ७० डिग्री सेल्सियस तापक्रममा तताइएको राँगा भैंसीको मासु चीनमा निर्यात हुनेछ ।

पूरा समाचार: चीनमा डेढ खर्बको भैंसीको मासु निर्यात गर्न सिन्धुलीमा भव्य फ्याक्ट्री, २० अर्बको लगानी स्वीकृत