३०२७ बिन्दुमा उक्लियो बजार, एक घण्टामै साढे ६ अर्बको कारोबार

231
Shares

काठमाडौं । सेयर बजार ३०२७ बिन्दुमा उक्लिएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२ बजेर १३ मिनेटसम्ममा ५६.२१ अंकले बढेर ३०२७.५२ बिन्दुमा उक्लिएको छ ।

२०७८ भदौ २ गते ३१९९.०३ (त्यसदिन ३२२६) बिन्दुमा रहेको बजार त्यसबाट घटेपछि ३०२७ बिन्दुसम्म उक्लिन सकेका थिएन । तर, मंगलबार कारोबार भइरहँदा नेप्से ३०२७ बिन्दुसम्म उक्लिएको हो ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से ७.१० अंकले बढेको थियो भने बुधबार १८.४४ अंकले घटेको थियो । त्यसभन्दा अगाडिका आठ कारोबार दिन नेप्से लगातार बढेको थियो ।

कारोबार सुरु भएको करिब एक घण्टा अर्थात् १२ बजेर १३ मिनेटसम्म नेप्सेमा कुल ६ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । समाचार तयार पार्दासम्म २३५ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Skip This