
काठमाडौं । सनराइज ब्लुचिप फण्डले नगद लाभांश घोषणा गरेको छ ।
लक्ष्मी सनराइज बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो ।
फण्डले कर सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
साउन १२ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।








प्रतिक्रिया