लक्ष्मी भ्यालु फण्ड–२ ले प्रतिफल वितरण गर्ने

35
Shares

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–२ ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ ।

लक्ष्मी भ्यालु फण्ड–२ ले कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साउन १२ गते बसेको फण्डको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।