हिमालयन बैंकको एफपीओ बाँडफाँड, कतिले पाए?

455
Shares

काठमाडौं । हिमालयन बैंकको एफपीओ बाँडफाँड भएको छ । मंगलबार काठमाडौंको कमलादीस्थित आफ्नै कार्यालयमा गोलाप्रथामार्फत् बैंकको एफपीओ बाँडफाँड भएको हो ।

बैंकले असार ३२ गते प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओका लागि आवेदन माग गरेको थियो । जसमा माग भन्दा बढी १७ लाख ४ हजार २७३ जनाको ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो ।

मंगलबार गोलाप्रथा प्रक्रियाबाट बाँडफाँड भएको बैंकको एफपीओमा ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत गरिएको बाँडफाँडमा ९ लाख २५ हजार ४६ जनाले १० कित्ता र २० कित्ताका लागि आवेदन दिने ९ जनाले ११ कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन् ।

बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले एफपीओ जारी गरेको थियो ।