
काठमाडौं । भारतको हल्दिराम ब्रान्डको स्न्याक्स र बेभरेज उत्पादन गर्न सम्झौता गरेको अनान्दम् स्न्याक्स एन्ड बेभरेज इन्टरनेशनल प्रालिले डेढ अर्ब रुपैयाँ लगानी गरी नेपालीमै उत्पादन गर्ने भएको छ ।
कम्पनीले १ अर्ब ४५ करोड १० लाख रुपैयाँ लगानी गरी नेपालमै हल्दिराम ब्रान्डको स्न्याक्स र बेभरेज उत्पादन सुरु गरी व्यवसायिक कारोबार गरेको छ ।
कम्पनीले ७५ करोड रुपैयाँ कर्जा र बाँकी रकम इक्वीटीमार्फत् लगानी गरेको जनाएको छ ।
कम्पनीले डेढ अर्ब रुपैयाँ लगानीमा उद्योग निर्माण गरी सन् २०२५ को मार्चबाट व्यवसायिक कारोबार सुरु गरेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८२ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४८ करोड रुपैयाँको रेटिङ गराएको छ ।
सन् २०२२ मा दर्ता गरेको कम्पनीले हल्दिराम ब्रान्डको वस्तु उत्पादन गर्न लाइसेन्स प्राप्त गरेको थियो । जसमा कम्पनील आलु भुजिया, मुङ दाल, पन्जावी तड्का, नट क्र्याकर, स्न्याक लाइट, टकाटक नुडल्स, चिज बल र पापड उत्पादन गर्न सम्झौता गरेको छ ।
भारतीय कम्पनी हल्दिरामले भारतमा हल्दिराम ब्रान्डको वस्तु उत्पादन र प्याकेजिङको कार्य गर्दै आएको छ । कम्पनीले स्न्याक्स, नमकिन, स्वीट, पेजन फुड, बिस्कुइट, बेभरेज, पास्ता, भर्मिसिल्ली, क्याकरोनी आदि उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
डीभी ग्रुपद्वारा सञ्चालित कम्पनीले करणप्रताप साह र विश्वनाथप्रसाद साहको लगानी छ । कम्पनीले विगत दुई दशकदेखि भारतबाट आयात गरी नेपाली बजारमा बिक्री वितरणका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीको देशभर ८० वटा डिलर छन् ।
कम्पनीमा ७० प्रतिशत स्वामित्व भारतीय कम्पनी हल्दिरामको रहेको छ ।







प्रतिक्रिया