
काठमाडौं । करिब एक वर्षपछि सेयर बजार ३००० हजार बिन्दु माथि उक्लिएको छ ।
साताको कारोबारको पहिलो दिन आइतबार सुरुवाती समयमा नै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३००० बिन्दुमाथि पुगेको हो ।
११ बजेर ८ मिनेटमा नेप्से १८.३७ अंकले बढेर नेप्से ३००१.०२ बिन्दुमा उक्लिएको छ । गत वर्ष अर्थात् २०८१ असार १६ मा २०३७ बिन्दुमा रहेको नेप्से ३३ कारोबार दिनमा ९६३ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो ।
त्यसपछि आइतबार नेप्से पहिलो ३००१ बिन्दुमा उक्लिएको हो ।
कारोबार सुरु भएको आठ मिनेटसम्म नेप्सेमा कुल ९२ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।










प्रतिक्रिया