
काठमाडौं । प्राइम कमर्सियल बैंकले शून्य मौज्दात रहेका सबै खाताहरु बन्द गरिदिने भएको छ ।
१० वर्षदेखि बैंकमा खाता खोलेर पनि कुनै कारोबार नभएको र जिरो व्यालेन्स अर्थात मौज्दात शून्य रहेका सबै खाताहरु बैंकले बन्द गर्न लागेको हो।
बिहीबार सूचना प्रकाशन गर्दै बैंकले खातावालहरुलाई ७ दिनभित्र नजिकको शाखा कार्यालय गई आफ्नो खाता सुचारु गराउन अनुरोध गरेको छ । अन्यथा खाताहर स्वतः बन्द हुने जानकारी गराएको छ।








प्रतिक्रिया