
काठमाडौं । तीब्र उतारचढावबीच सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४८ अंकले बढेर २९८३.३६ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ५.१७ अंकले बढेर २९७८.८८ बिन्दुमा रोकिएको थियो । मंगलबार ८०.९७ अंकले बढेको नेप्से सोमबार २१.७६ अंक र आइतबार ०.३२ अंकले बढेको थियो ।
गत साताको बिहीबार नेप्से ७५.८४ अंक, बुधबार ३४.६१ अंक र मंगलबार ३४.४६ अंकले बढेको थियो ।
बिहीबार नेप्सेमा कुल १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल १९ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको घटेको छ ।
बिहीबार ग्रिन भेन्चर लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र स्वेत–गंगा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।








प्रतिक्रिया