
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान प्रतिवेदन तयार पारेको छ । सिआईबीले उक्त घोटलामा ३ अर्ब २० करोड रुपैयाँ ठगी भएको र १११ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन तयार परेको सिईआबीका एसएसपी होबिन्द्र बोगटीले बताए ।
राष्ट्र बैंकको अधिकृत प्रथम (निर्देशक) पदबाट अवकास भएका भुवन बस्नेतसहित बैंकका २ पुर्वअध्यक्ष समेत १११ जना प्रतिवादी रहेको उनले बताए । प्रतिवादीमध्ये ४ जना पक्राउ परेको र ३ जनाको मृत्यु भइसकेको छ । १०४ नजना फरार प्रतिवादी रहेको बोगटीले बताए ।
सिआईबीले विभिन्न समयका बैंकको सञ्चालक समिति, कर्मचारी समेतको मिलेमतोमा ३ अर्ब २० करोड रुपैयाँ रकम अपचलन भएको निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंकको अनुगन अधिकृतसमेतको सहयोगमा बैंकमा विगतदेखि नै हुँदै आएको अपचलन ढाकछोप भएको देखिएको स्रोतले बतायो ।
बैंकको सुपरिवेक्षणको नेतृत्व गरेका राष्ट्र बैंकका पुर्वकर्मचारी भुवन बस्नेतको खातामा बैंकबाट रकम जम्मा गरेको पाइएपछि उनि अनुसन्धानको घेरामा तानिएका थिए । यसले पनि अनुगमन अधिकृतले नै बैंकमा भएको अपचलन ढाकछोप गर्न सहयोग गरेको अनुमानमा थप बल पुगेको सिआईबी स्रोतले बतायो ।
नेपाल राष्ट्र बैंकले ११ मंसिर २०८१ मा बैंकलाई शिघ्र सुधारात्मक कारवाही गरेको थियो ।
सुपरीवेक्षकीय समायोजनपछि राष्ट्र बैंकले तोकेको पूँजीकोष कायम नहुने भएपछि ११ मंसिरबाट लागु हुने गरी बैंकलाई कर्जा लगानी र निक्षेप संकलनमा राष्ट्र बैंकले रोक लगाएको थियो ।
राष्ट्र बैंकले ६ देखि ११ साउन २०८१ सम्म गरेको लक्षित निरीक्षण प्रतिवेदनका आधारमा निष्क्रिय कर्जा ४०.८५ प्रतिशत पुगेको देखिएको थियो । सोही आधारमा प्रोभिजन थप गर्दा यसरी निष्क्रिय कर्जा बढेको तर सोही अनुसार बैंकले कर्जा नोक्सानी व्यवस्था नगरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । नियामकिय समायोजनपछि पुँजीकोष अनुपात नपुग्ने र उच्च निष्कृय कर्जा अनुपात भएपछि शिघ्र सुधारत्मक कारवाही सुरु गरेको थियो । त्यसको एक महिनापछि २०८१ पुसमा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै ३ सदस्य रहेको व्यवस्थापन समिति बैंकमा पठाएको थियो ।
बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा रहेको व्यवस्थापन समिति पठाएको थियो ।
बैंकले राष्ट्र बैंकमा वाणिज्य बैंकहरुमा मुद्दति निक्षेप राखेको नक्कली प्रमाणपत्र देखाउँदै रकम अपचलन भएको पाएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । यस्तै राष्ट्र बैंककै सिफारिसमा प्रहरीको केन्द्रिय अनुसनधान ब्युरोले अनुसन्धान सुरु गरेको हो ।
सिआईबीले २०७० देखिको सुपरिवेक्षण समेतको आधारमा अनुसन्धान सुरु गरेकोमा केन्द्रिय बैंकका सुपरिवेक्षमा समेत शंका गरेको थियो । सुपरिवेक्षमा गएका कर्मचारीको खातामा रकम नै जम्मा गरेको पारुयएपछि थप शंका बढाएमोमा राष्ट्र बैंककका पुर्वकर्मचारी बस्नेतलाई पक्राउ गरीअनुसनधान गरेको हो ।
सिआईबीले यो घोटलामा राष्ट्र बैंकका सुपरिवेक्षणमा खटेको कर्मचारीलाई सरकाररी साक्षीको रुपमा बस्न आग्रह गर्दा राष्ट्र बैंकले अस्वीकार गरेको र अनुसन्धानमा समेत आवश्यक सहयोग नगरेको सिआईबी स्रोत बताउँछ । सुपरिवेक्षण क्रममा धेरै गम्भिकर विषय हुँदा पनि सामान्य अवस्था रहेको सुपरिवेक्षण प्रतिवेदन तयार बनाएको स्रोतको दाबी छ ।
राष्ट्र बैंकका पुर्वकर्मचारी भुवन बस्नेत सहित बैंकका पुर्वअध्यक्षहरु पशुपति दयाल मिश्र र राजेन्द्रविर राय पक्राउ गरेको छ । ४ जना प्रतिवादी प्रहरी हिराशतमा छन् भने १०४ जना फरार रहेको सिआईबिले जनाएको छ ।







प्रतिक्रिया