कुखुराको दाना र अण्डा बेच्ने दाउन्ने एग्रोले ९ महिनामा गर्‍यो १ अर्ब १० करोडको व्यापार

0
Shares

काठमाडौं । दाउन्ने एग्रो फार्मले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा एक अर्ब १० करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०१८ मा स्थापना भएको कम्पनीले गत वर्ष १ अर्ब २१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो।

कम्पनीले सन् २०२३ मा १ अर्ब १४ करोड ८० लाखको व्यापार गरेको कम्पनीले २०२२ मा ५० करोड रुपैयाँ र २०२१ मा ५४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले लेयर्स कुखुराबाट अण्डा उत्पादन गर्दै आएको छ ।

कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ९.९ प्रतिशतले नाफा कमाएको जनाएको छ । सन् २०२४ मा १२ प्रतिशत नाफा कमाएको थियो ।

कम्पनी सन् २०२४ मा मात्रै पब्लिक कम्पनीमा परिणत भएको छ । किसान दाना उद्योग प्रालिको २८.६ प्रतिशत हिस्सा र बाँकी हिस्सा ४० जना लगानीकर्ताको रहेका कम्पनीले लेयर्स कुखुराको दाना तथा अण्डा उत्पादन गरी व्यापार गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १५ करोड ५७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ७ करोड ५४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८ करोड रुपैयाँको रेटिङ गराएको छ।

कम्पनीले उत्पादन बढाउनका लागि क्षमता विस्तारको तयारी गरेको छ । उक्त क्षमता विस्तार गर्न कम्पनीले ८० प्रतिशत कर्जा लिई लगानी गर्ने भएको छ ।