
काठमाडौं । बागेश्वरी सुगर एण्ड केमिकल इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा डेढ अर्ब रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले चालु आवको ९ महिनामा १ अर्ब ४३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले गत आवमा १ अर्ब ६४ करोड ८० लाख, सन् २०२३ मा १ अर्ब ५५ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब २९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीकाअनुसार चालु आवको ९ महिनाको अवधिमा व्यापार २० प्रतिशतले बढेको जनाएको छ । तर ऊखु प्रशोधन भने घटेको पाइएको छ । सन् २०२४ मा ५ प्रतिशतले प्रशोधन घटेकोमा चालु आवको ११ महिनाको अवधिमा ११ प्रतिशतले घटेको कम्पनीको भनाइ छ ।
सन् २०१६ बाट व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले ऊखु प्रशोधन गरी चिनी उत्पादन गर्दै आएको छ । कम्पनीले प्रतिदिन २५ सय मेट्रिक टन ऊखु प्रशोधन गरी ३० किलोलिटर ऊखुको जुस उत्पादन गर्दै आएको छ ।
कम्पनीले स्वदेशी किसानबाट ऊखु लिएर चिनी उत्पादन गर्ने गरेको छ । बोगटी परिवारको स्वामित्व रहेको कम्पनीमा लाल बोगटी र उनका तीन छोराको हिस्सा छ ।
उनका छोराहरु शंकर बोगटी, टेक बोगटी र गणेश बोगटीको बराबर हिस्सा रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ६१ करोड ८९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३६ करोड ८६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २५ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ ।







प्रतिक्रिया