तारकेश्वरमा एक महिलाको शव भेटियो

0
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ८ मा एक महिलाको शव फेला परेको छ ।

तारकेश्वर नगरपालिका ८ स्थित पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

ती महिलाको पहिचान खुल्न बाँकी रहेको वडाध्यक्ष श्यामकृष्ण सापकोटाले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार मृतक महिलाले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् ।

घटनास्थलमा प्रहरी र स्थानीय भेला भएका छन् । तर अहिलेसम्म कसैले पनि पहिचान गर्न नसकेको वडा सदस्य मोहन खत्रीले बताए । प्रहरीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ ।