अन्तिम समयमा घटेर बन्द भयो सेयर बजार, २१ अर्ब ४६ करोडको कारोबार

413
Shares

काठमाडौं । सेयर बजार अन्तिम समयमा घटेर बन्द भएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८७ अंकले घटेर २८६७.७६ बिन्दुमा रोकिएको छ ।

कारोबारको सुरुवाती समयदेखि नै बढ्न थालेको बजार २९२२.८४ बिन्दुसम्म पुगेपनि बन्द हुने समयमा भने घटेर २८७६ मा सीमित भएको हो ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार नेप्से ७५.८४ अंकले बढेर २८७८.७७ बिन्दुमा थियो ।

यसअघिका दुई कारोबार दिन पनि नेप्से ३४/३४ अंकले बढेको थियो । आइतबार सूचक घटेपनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ ।

आइतबार नेप्सेमा कुल २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्येमा १०५ कम्पनीको सेयर मूल्य बढ्दा १४४ कम्पनीको घटेको छ ।

आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य तीन कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।

Skip This