२ घण्टामै नेप्सेमा ११ अर्ब माथिको कारोबार

182
Shares

काठमाडौं । सेयर बजारमा दुई घण्टामा नै ११ अर्ब बढीको कारोबार भएको छ । आइतबार १ बजेर ७ मिनेटसम्म अर्थात् कारोबारको दुई मिनेटमा बजारमा कुल ११ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ बजेर ७ मिनेट जाँदा ५१.०७ अंकले बढेर २९२१.७१ बिन्दुमा छ ।

अघिल्लो दिन अर्थात् गत साताको बिहीबार नेप्से ७५.८४ अंकले बढेको थियो भने त्यसअघिका दुई कारोबार दिन पनि ३४र४३ अंकले बढेको थियो ।

समाचार तयार पार्दासम्म नेप्सेमा २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।