काभ्रेको भुम्लुमा बस दुर्घटनामा २३ जना घाइते

182
Shares

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा शनिबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा परेको छ । ब्रेक फेल भएर उक्त बस दुर्घटनामा परेको हो ।

रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाइते भइ उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बस घटनास्थलमै रहेको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।