
काठमाडौं । हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन् । लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाही प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताए ।
अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिए । कर नबुझाउनेको अभिलेख तयार भएको उनले बताए ।
कार्यालयले नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१/८२ मा करदाता बढेको जनाएको छ ।







प्रतिक्रिया