
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । बिहीबारदेखि लागू हुनेगरी ढकाल बैंकको अध्यक्षमा नियुक्त भएका हुन् ।
नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक ढकालले लामो समय बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरीवेक्षण विभागमा रहेर काम गरेका थिए ।
उनलाई बैंकको अपरेसन तथा प्रशाकका विज्ञका रुपमा लिइन्छ । ढकाल चार वर्षका लागि अध्यक्षको जिम्मेवारीमा नियुक्त भएका हुन् ।










प्रतिक्रिया