
काठमाडौं । ज्योति बिकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले सूचना निकाल्दै दुई महत्त्वपूर्ण पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले उपत्यका र उपत्यका बाहिरका केही शाखा कार्यालयका लागि ब्राञ्च म्यानेजर र रिलेशनसिप म्यानेजर पदका लागि केही कर्मचारीको माग गरेको हो ।
सो पदमा योग्यता पुगेका नेपाली नागरिकले साउन १६ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । बैंकले बैंकिङ क्षेत्रमा अनुभव भएकालाई प्राथमिकतामा राखेको सूचनामा जनाइएको छ।
ब्राञ्च म्यानेजर पदका लागि बैंकिङ क्षेत्रमा कम्तिमा ५ वर्ष अफिसर लेभलको र ३ वर्ष सुपरभाइजर तहको अनुभव भएको हुनुपर्ने जनाएको छ ।
त्यस्तै रिलेशनसिप म्यानेजर पदको लागि कम्तिमा अफिसर लेभलको ३ वर्ष र सुपरभाइजर लेभलको २ वर्षको अनुभव हुनु पर्नेछ । दुवै पदका लागि आवेदन दिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्नेछ।








प्रतिक्रिया