
काठमाडौं । सरकारले श्रमिकको पाउने न्यूनतम पारिश्रमिक बढाएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक प्रदीप कोइरालाको संयोजकत्वको एक समितिले गरेको सिफारिशलाई श्रम तथा रोजगार मन्त्रालयले स्वीकृति दिएसँगै साउनदेखि नै लागू हुने गरी मजदुरको पारिश्रमिक बढेको छ
न्यूतमत पारिश्रमिक निर्धारण समितिले साउन १ गतेदेखि नै लागू हुने गरी मजदुरको ज्याला बढाउन गरेको सिफारिश अनुसार नै सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा चियावगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । बढेको पारिश्रमिक अनुसार अब मजदुरको न्यूनतम ज्याला १९ हजार ५५० रुपैयाँ पाउने भएका छन्।
यस्तो पारिश्रमिकमा १२ हजार १७० रुपैयाँ आधारभूत पारिश्रमिक, ७ हजार ३८० रुपैयाँ महंङ्गी भत्ता दिने उल्लेख छ । मजदुरले न्यूतम दैनिक रुपमा पाउने पारिश्रमिक ४७० रुपैयाँ र महंङ्गी भत्ता २८४ रुपैयाँ गरेर ७६४ रुपैयाँ पुगेको छ । यस्तै प्रतिघण्टा पारिश्रमिक ६३ रुपैयाँ न्यूनतम र महंङ्गी भत्ता ३८ रुपैयाँ गरी कुल १०१ रुपैयाँ हुने भएको छ । आंशिक समयमात्र काम गर्ने कामदारको हकमा प्रतिघण्टा न्यूनतम पारिश्रमिक १०७ रुपैयाँ भएको छ ।
सरकारलाई सिफारिश भएको यो पारिश्रमिक श्रम ऐन २०७४ को दफा १०६ को उपनियम १ अनुसार साउन १ देखि नै गर्ने निर्णय भएको छ ।
हाल सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० दिँदै आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० मा लागू गरेको श्रमिकको न्यूनतम पारिश्रमिक अनुसार १० हजार ८२० आधारभूत पारिश्रमिक र ६ हजार ४८० महंङ्गी भत्ता गरी कुल १७ हजार ३ सय रुपैयाँ पाउने व्यवस्था छ ।
हाल श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपैयाँ छ भने आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टाको छ ।
यस्तो छ मजदुरको पारिश्रमिक बढाउने सिफारिश समितिको निर्णय








प्रतिक्रिया