
काठमाडौं । नेकपा (एमाले) की राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी दिइएको छ ।’
यसअघि सो मन्त्रालयको जिम्मेवारी एमालेकै प्रतिनिधिसभा सांसद राजकुमार गुप्ताले सम्हालिरहेका थिए। तर, ७८ लाख रुपैयाँ घुस डिलको अडिओ सार्वजनिक भएपछि मंगलबार नै उनले पदबाट राजीनामा दिएका थिए ।
गुप्ताको राजीनामापछि रिक्त भएको मन्त्रालयमा प्रधानमन्त्रीको सिफारिसमा भगवती न्यौपानेलाई नियुक्त गरिएको हो ।








प्रतिक्रिया