कामना सेवा विकास बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता झोला र टोकन हस्तान्तरण

0
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई ५ हजार थान जुत्ता, झोला र १००० थान टोकन हस्तान्तरण गरेको छ ।

पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भक्तजनहरूको जुत्ता र चप्पललाई सुरक्षित र व्यवस्थित रूपमा राख्नका लागि उक्त झोला र टोकनहरू हस्तान्तरण गरिएको हो ।

बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुंगेलले पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीलाई हस्तान्तरण कार्यक्रममा उक्त जुत्ता झोला र टोकनहरू हस्तान्तरण गरेका हुन् ।

आउँदै गरेको साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको भिड अत्यधिक हुने र भक्तजनहरूको जुत्ता चप्पल राख्नका लागि झोलाको अभाव हुने गरेको छ । बैंकले उपलब्ध गराएको झोला तथा टोकनले जुत्ता चप्पल व्यवस्थापनमा सहयोग पुग्ने निमित्त सदस्यसचिव जोशीले बताए ।

उक्त कार्यक्रममा बोल्दै बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुंगेलले देशभर १३० वटा शाखाबाट अत्याधुनिक बैंकिङ सेवा दिँदै आइरहेको बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको र पशुपति क्षेत्र विकास कोषलाई उक्त झोला र टोकन हस्तान्तरण गर्ने अवसर प्रदान गरेकोमा कोषलाई धन्यवाद ज्ञापन गरे ।