सांग्रिला बैंकद्वारा विपन्न विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान

14
Shares

काठमाडौं । सांग्रिला विकास बैंक लिमिटेडले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विपन्न विद्यार्थीलाई कापी पेन्सिलजस्ता स्टेशनरी सामग्रीहरू वितरण गरेको छ ।

कार्यक्रममा बैंकका मार्केटिङ प्रमुख अर्पना बज्राचार्यले सामग्रीहरू हस्तान्तरण गरेकी थिइन् । एकेडेमीका अध्यक्ष डा माला खरेलले उक्त सहयोगले विद्यार्थीको सिकाइ यात्रालाई सहज बनाउने जानकारी दिइन् ।

१०९ शाखा र ३० एटीएम मार्फत सेवा दिदैं आएको यो बैंकले सेवा विस्तार, संस्थागत सुशासन र जोखिम व्यवस्थापनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।