सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं । नेपाली बजारमा सोमबार(आज) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।