बुङ्गल हाइड्रोको आईपीओ खुला


काठमाडौं । बुङ्गल हाइड्रोले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशीक रोजगारीमा रहेका नेपालीका लागि आइतबारबाट आईपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट जारी पुँजी ८३ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रकम बराबरको आईपीओ निष्कासन अनुमति पाएको थियो ।

कम्पनीले ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि र बाँकी रहेको २० करोड ७५ लाख बराबरको २० लाख ७५ हजार कित्ता सेयरको १० प्रतिशत अर्थात २ लाख ७ हजार ५०० कित्ता सेयर भने वैदेशीक रोजगारीमा रहेका नेपालीहरुकालाागि आईपीओ निष्कासन गरेको हो ।

आयोजना प्रभावित क्षेत्र र वैदेशीक रोजगारीमा रहेका आवेदकले आईपीओमा न्युनतम १० कित्तादेखी अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त्र आइपीओमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासनपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गर्नेछ । कम्पनीले आफ्नो जारी पुँजीको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख बराबरको २९ लाख ५ हजार कित्ता सेयर सर्वसाधरणका निष्कासन गर्नेछ ।