
काठमाडौं । जय श्री फुड प्रालिले एकै वर्ष करिब ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ९८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ११ प्रतिशतले बढेको छ ।
कम्पनीले सन् २०२४ मा करिब ४ अर्ब रुपैयाँको व्यापार गर्दा ५.९४ प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२३ मा २.१९ प्रतिशत खुद नाफा कमाएको थियो ।
कम्पनीले सन् २०२४ मा खुद नाफा रेन्जबाउन्ड भएको उल्लेख गरेको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब ९३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको भनाइ छ । सन् २००९ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी चामल तथा चिउरा उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले लङ ग्रेन, जीरा र साजा राइुस र अन्य विभिन्न प्रकारका चामल भान्साघर र मंगलम ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
पवनकुमार अग्रवाल अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि एक अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १५ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८४ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीको देशभर ६ सयभन्दा बढी साना तथा ठूला पसलहरुमा बिक्री वितरण भइरहेको छ । तर कम्पनीको मुख्य केन्द्रित कार्यालय र वेयरहाउस नेपालगञ्ज, भैरहवा, गैडाकोट, वीरगञ्ज र विराटनगर रहेको छ ।







प्रतिक्रिया