
काठमाडौं । आइतबार(आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा वृद्धि हो । शनिबार यसको मूल्य १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार २८५ रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।







प्रतिक्रिया