
काठमाडौं । गुठी संस्थानले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।
संस्थानले रिक्त रहेका विभिन्न पदमा कर्मचारीको आवश्यकता परेकाले दरखास्त आह्वान गरेको हो । रिक्त रहेको प्रमुख प्रशासन अधिकृत, प्रमुख लेखा अधिकृत, प्रशासन अधिकृत, कानुन अधिकृत, इन्जिनियर तथा अधिकृत पदमा कर्मचारी माग गरेको हो।
संस्थानले प्रशासन अधिकृत द्वितीय तहको लागि खुला, महिला तथा आदिवासी जनजाती गरी ६ जनाको माग गरेको छ । त्यस्तै अधिकृत तृतीय तहको लागि खुला, महिला तथा आदिवासी जनजाती, मधेसी तथा दलित गरी १९ जनाको संस्थानले जनाएको छ । त्यसैगरी सहायक प्रथम तहको लागि ३५ जनाको र सहायक द्वितीयमा २२ जनाको माग गरेको छ ।
उल्लेखित विभिन्न पदको लागि २७ गते शुक्रबार सूचना प्रकाशन गर्दै संस्थानले २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने जनाएको छ ।
आवेदन दिनका लागि अधिकृत द्वितीय श्रेणीको पदमा २०००, तृतीय श्रेणीको पदमा १२००, सहायक प्रथम श्रेणीको पदमा ७०० र सहायक द्वितीय श्रेणीको पदमा ५०० दस्तुर लाग्नेछ । समावेसी पदको प्रत्येक समुहको लागि भने खुला पदको लागि तोकिएको दस्तुरको ५० प्रतिशत थप्नु पर्नेछ ।










प्रतिक्रिया