सिस्टमिकल्ली इम्पोर्टेन्ट बैंक पहिचान गर्ने फ्रेमवर्क बनाउने घोषणा

98
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रुपमा महत्वपूर्ण रहेका बैंक पहिचान गर्ने भएको छ । डोमेस्टिक सिस्टमेटिकल्ली इम्पोर्टेन्ट बैंकहरूमा नियमन र सुपरिवेक्षणका थप व्यवस्था लागु गर्न फ्रेमवर्क जारी गरिने भएको हो ।

गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस्तो घोषणा गरे ।

नेपाल राष्ट्र बैंकले ‘टू बिग टु फेल’ को जोखिमबाट अर्थतन्त्र र बैंकिङ प्रणालीलाई जोगाउन ठूला वाणिज्य बैंकलाई सुपरिवेक्षणमा विशेष रुपले हेर्न सुरु गरिसकेको छ ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले केही वाणिज्य बैंकलाई ‘प्रणालीगत रुपमा महत्त्वपूर्ण बैंक’ (सिस्टमीकल्ली इम्पोर्टेन्ट बैंकको) को रुपमा हेर्दै स्थलगत र गैरस्थलगत सुपरिवेक्षणका क्रममा सोही अनुसार व्यवहार गर्न थालेको हो ।

नेपाल राष्ट्र बैंकले वासलताको आधारमा ठूला ६ बैंकलाई उच्च निगरानीमा राख्दै विशेष सुपरिवेक्षण सुरु गरेको हो ।

ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकलाई उच्च निगरानीमा राखेर सुपरिवेक्षण सुरु गरेको हो । तर, यसबारे आवश्यक फ्रेमवर्क भने छैन ।