भारतबाहेकका मुलुकको भ्रमणमा जाने नेपालीले पाउने विदेशी मुद्रा सटही सीमा बढ्यो

504
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकलाई प्रदान गर्ने सटही सुविधाको सीमा बढाएको छ ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले उक्त सीमा बढाएको घोषणा गरेका हुन् ।

‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर २ हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३ हजार कायम गरिनेछ,’ मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले भने ।

उनले विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्ने व्यवस्थाको सम्बन्धमा अध्ययन गरिने पनि जनाए ।

बंगलादेश र श्रीलंकालगायत विदेशी मद्राको कारोबार बढ्दै गएको मुलुकहरूका मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।

‘विप्रेषण कारोबारमा प्रयोग हुने विनिमय दर ९फेडान दर० लाई आवश्यकतानुसार पुनरावलोकन गरिनेछ,’ गभर्नर पौडेलले भने, ‘परिवर्त्य विदेशी मुद्रामा हुने अन्तरबैंक कारोबार सम्बन्धमा नीतिगत व्यवस्था गरिनेछ ।’