सातामा नेप्से २८ अंकले बढ्यो: बढी कमाउने भगवतीका लगानीकर्ता, धेरै कारोबार नासाबाट

98
Shares

काठमाडौं । यो साता सेयर बजार २७.८४ अंकले बढेको छ । साताको कारोबार पाँच कारोबार दिनमा सेयर बजार परिसूचक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ३ दिन उकालो लागेर २ दिन घटेर २७३१.८० अंकमा कायम भएको छ ।

गत साताको अन्तिम कारोबार दिन नेप्से २७०३.९६ बिन्दुमा थियो ।

सोमबार र मंगलबार घटेको नेप्सेमा बाँकी ३ दिन हरियो रह्यो । साताभर नेप्सेमा कुल ४० अर्ब २९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । गत साताको पाँच दिन बजारमा ३८ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको थियो ।

यो साता सेयर बजारमा लघुवित्त समूहको उपसूचक १.६१ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन ०.७९ प्रतिशत, उत्पादनमुलक १.१६ प्रतिशत, बैंकिङ ३.६८ प्रतिशत, म्युचुअल फन्ड ०.९७ प्रतिशत र लगानी समूहको उपसूचक १.४३ प्रतिशतले बढेको छ भने अन्य समूहकमा २.६० प्रतिशतको सुधार आएको छ । तर, जलविद्युत समूह १.१८ प्रतिशतले घट्दा विकास बैंक समूह ०.४९ प्रतिशत, निर्जीवन बिमा १.०३ प्रतिशत, जीवन बिमा १.८० प्रतिशत र व्यापार समूहको उपसूचक ०.१९ प्रतिशतले घटेको छ ।

सातामा सबैभन्दा बढी भगवती हाइड्रोको सेयरधनीले सर्वाधिक कमाए । कम्पनीको मूल्य १८.३१ प्रतिशतले बढ्दा माइखोला हाइड्रोको मूल्य १५, सामुदायिक लघुवित्तको ८.९, मान्डु हाइड्रोको ८.२६ र सुभम पावरको मूल्य ७.३ प्रतिशतले बढेको छ ।

यसैगरी गुडविल फाइनान्सको डिबेन्चरको मूल्य सर्वाधिक १८.४९ प्रतिशतले घटेको छ भने ग्रिन डेभलपमेन्ट बैंकका सेयरधनीले १३.८६ प्रतिशत, राप्ति हाइड्रोकाले १२.२८ प्रतिशतले, रसुवागढी हाइड्रोकाले १०.४१ प्रतिशत र शिवश्री हाइड्रोपावरका सेयरधनीले ५.६४ प्रतिशतले गुमाएका छन् ।

यो सातामा ब्रोकरतर्फ सबैभन्दा बढी सेयर कारोबार ब्रोकर नं. ५८ नासा सेक्युरिटिजबाट भएको छ भने दोस्रो धेरै ब्रोकर नं. ४२ सनि सेक्युरिटिजबाट तथा तेस्रो बढी ब्रोकर नं. ३४ भिजन सेक्युरिटिजबाट भएको छ ।