
काठामाडौं । नेपालमा नोकिया ब्रान्डको मोबाइलफोन आयात गरी बजारमा बिक्री गर्दै आएको टेलिटक कम्पनीको व्यापार ३९ प्रतिशतले घटेको छ ।
कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ३९ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२३ मा ९० करोड रुपैयाँको व्यापार गरेको थियो । तर गत आर्थिक वर्षमा कम्पनीले ५४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२२ मा १ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
तथ्यांकअनुसार कम्पनीको व्यापार हरेक वर्ष उच्च दरले घटिरहेको पाइएको छ । सन् २०२२ मा ३३ प्रतिशतले घटेको व्यापार सन् २०२३ मा ३७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ देखि सन् २०२४ सम्ममा ६१ प्रतिशतले व्यापार घटेको जनाएको छ ।
कम्पनीले व्यापार घट्नुको मुख्य कारण कलर्स ब्रान्डको मोबाइलफोनको व्यापार कम रहनु हो । कम्पनीले सन् २०२४ देखि उक्त ब्रान्डको मोबाइलफोन बिक्री बन्द गरेको जनाएको छ ।
सन् २००८ मा स्थापना भएको कम्पनी नेपालका लागि नोकिया ब्रान्डको आधिकारिक बिक्रेता रहेको छ । कम्पनीले नोकिया ब्रान्डसहित बोट ब्रान्डको सामग्री पनि बिक्री गर्छ । कम्पनीमा राहुल गुप्ता, प्रतिक जलन र सञ्जय अग्रवालको स्वामित्व छ । रमेश कर्पद्वारा सञ्चालित यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५७ करोड ४६ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १८ करोड ६६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४६ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ ।







प्रतिक्रिया