
काभ्रेपलाञ्चोक । मंगलबार रातिदेखि परेको अविरल बर्षका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ
इलाका प्रहरी कार्यालय मंगलटार अनुसार रोशी गाउँपालिका-९ पिन्थलीबेशी, फेदीखोला र रोशी-७ को चारसय बेशीमा राजमार्ग अवरुद्ध भएको हो ।
प्रहरी निरीक्षक कार्कीका अनुसार फेदीखोलाको लेदो हटाइसकिएको र पिन्थलीबेशी र रोशी ७ को चारसय बेशीमा हटाउने क्रम जारी रहेको जानकारी दिए ।
सडक विभाग र स्थानीय रोशी गाउँपालिकाको समन्वयमा लेदो पन्छाउने कार्य भइरहेको जानकारी दिँदै अबको केही समयमा राजमार्ग संचालनमा आउने प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई होल्डमा राखिएको छ । लेदोको कारण सडक अवरुद्ध भएकोले सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।








प्रतिक्रिया