बुटबलको दाउन्नेमा सडक भासिंदा बर्दघाट-दुम्किबास खण्ड बन्द


बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटबलको दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिंदा बर्दघाट–दुम्किबास खण्डमा यातायात सञ्चालन ठप्प भएको छ ।

वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएपछि उक्त स्थानमा लु १ क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् ।