
काठमाडौं । वाग्मती नदीको खोकना, मनोहरा, गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ ।
खोकना र मनोहरामा बुधबार बिहान ३.१५ बजे र गौरीघाट र गुहेश्वरीमा मङ्गलबार राति १२ बजे आसपासदेखि निरन्तर परेको पानी २ बजे सतर्कता तह पार गरेकाले खोकना, मनोहरा, गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरुको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरिएको महाशाखाका इञ्जिनीयर आशीष भट्टले जानकारी दिए ।
यसैगरी रुद्रमती ९धोबीखोला० को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको छ ।
राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन विभागले आह्वान गरेको छ ।








प्रतिक्रिया