
काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुसँग रसुवामा बाढीले गरेको क्षतिको विवरण उपलब्ध गराउन तथा दाबी भुक्तानी यथासम्भव छिटो र सहज ढंगले फछर्यौट गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले मंगलबार एक परिपत्र जारी गर्दै २३ गतेपछिको अविरल वर्षा र बाढी पहिरोको कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएको हो ।
साथै प्राधिकरणले क्षतिको विवरण प्रत्येक हप्ताको बिहीबार एक्सेलमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
जसअनुसार सम्पत्ति बिमा, मोटर बिमा, सामुद्रिक बिमा, इन्जिनियरिङ तथा ठेकेदार बिमा, कृषि बालि बिमा, पशुपन्छी बिमा आदीको विवरण प्राधिकरणले तोकेको फर्म्याटमा उपलब्ध गराउन भनिएको छ ।








प्रतिक्रिया