नीति तथा कार्यक्रमले बिमा उद्योगको मार्गनिर्देशन गर्न मद्दत गर्छ: अध्यक्ष ओझा

70
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरण कुन बाटोमा अगाडि बढ्छ भन्ने स्पष्ट पार्न नीति तथा कार्यक्रम तय गरेको बताएका छन् । मंगलबार बिमा प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा अध्यक्ष ओझाले यस्तो बताएका हुन् ।

‘यो वर्षदेखि हामीले बिमा उद्योगलाई नीति कार्यान्वयन गर्नका लागि नै बनाएका हौं,’ अध्यक्ष ओझाले भने, ‘बिमा उद्योग र बिमाका समग्र स्टेक होल्डरलाई प्राधिकरण कुन बाटोमा अगाडि बढ्छ भन्ने स्पष्ट पार्नका लागि वार्षिक बिमा नीति तथा कार्यक्रम तय गरेका हौं ।’

उनले वार्षिक नीति तथा कार्यक्रमले प्राधिकरणको प्राथमिकता र मार्गनिर्देशन स्पष्ट हुने बताए ।

यस्तै, कार्यक्रममा बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले बिमा प्राधिकरणको काम स्पष्ट बनाउन नीति तथा कार्यक्रम तय गरेर अगाडि बढेको बताए ।’

योभन्दा अगाडि सम्भाव्य कार्यक्रमहरु राख्ने गरेको थिएनौं । तर, हामीले आगामी वर्षभरी कस्ता किसिमको बिमा नीति अंगालेर जाने भन्ने विषय निर्धारण गर्नका लागि वार्षिक नीति तथा कार्यक्रम तय गरेका हौं,’ सुवेदीले भने, ‘हामी कुन बेला के काम गर्छौं, कसरी अगाडि बढ्छौ भन्ने कुरालाई स्पष्ट बनाउनका लागि यो नीति तथा कार्यक्रम तय गरेर हामी अगाडि बढेका हौं ।’