
काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसले चालु आर्थिक वर्षको ९ महिनामा ५३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२४ मा ७९ करोड ४० लाख, २०२३ मा ७० करोड २० लाख, २०२२ मा ४० करोड ४० लाख र सन् २०२१ मा ३२ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत भएको कैलाश हेलिकप्टर रोटर विङ उद्योगको स्थापित कम्पनी हो ।
विशेषगरी कम्पनीले चाटर्ड फ्लाइट, रेस्क्यु अपरेशन, स्लिङ अपरेशन, एडभेन्चर टुर्स र अन्य विभिन्न सेवा दिँदै आएको छ । कम्पनीले एडभेन्चर टुर्समार्फत् एभरेष्ट बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्पमा सुविधा दिँदै आएको छ ।
कम्पनीले हाल तीनवटा एयरबस हेलिकप्टरमार्फत् सेवा दिँदै आएको छ । कम्पनीमा ७ जना सेयरहोल्डर छन् । जसमा प्रबन्ध निर्देशक र अध्यक्षको ४० प्रतिशत स्वामित्व रहेको छ ।
कम्पनीका अध्यक्ष क्याप्टेन आशिष शेरचन र प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डे हुन् ।
कम्पनीले सन् २०१७ देखि व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले ५० प्रतिशत आम्दानी एडभेन्चरबाट गरेको उल्लेख गरेको छ । जसमा अन्नपूर्ण बेस ब्याम्प र एभेरेष्ट बेस क्याम्पबाट मात्रै ५० प्रतिशत आम्दानी गरेको जनाएको छ । ३० प्रतिशत आम्दानी भने रेस्क्यू अपरेशनबाट भएको छ । त्यसबाहेक कार्गो अपरेशनबाट भएको कम्पनीको भनाइ छ ।







प्रतिक्रिया