सर्वसाधारणका लागि हिम स्टार उर्जाको आईपीओ आवेदन खुला

210
Shares

काठमाडौं । हिम स्टार उर्जा कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को आवेदन खुला भएको छ । मंगलबारबाट सर्वसाधारणका लागि कम्पनीको आईपीओ बिक्री खुला भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

अब सर्वसाधारणले असार २७ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिमा पर्याप्त आवेदन नपरेमा साउन ६ गतेसम्म म्याद थप हुनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आइपीओ बिक्री खुला गरिसकेको छ ।