अभियान लघुवित्तको लकइन अवधि साउन २९ गते सकिने


काठमाडौं । अभियान लघुवित्तको लकइन साउन २९ गते सकिने भएको छ । लघुवित्तको संस्थापक सेयरधनी तथा कर्मचारीको नाममा रहेको सेयर ३० गतेदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्ने भएको हो ।

अभियान लघुवित्त वित्तीय संस्थामा संस्थापक सेयरधनीको १५ लाख २५ हजार कित्ता सेयर रहेको छ । यसैगरी कर्मचारीको नाममा १२ हजार ५ सय कित्ता सेयर छ ।

अभियानको आईपीओ २०७९ साउन १८ देखि २२ गतेसम्म आवेदन खुला भई ३० गते बाँडफाँड गरिएको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सो मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको सेयरलाई लकइनमा राखिएको हो ।