नेप्सेमा सामान्य अंकको वृद्धि, साढे ९ अर्बको कारोबार


काठमाडौं । सेयर बजार लगातार छैठौं दिन पनि उकालो लागेको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा कायम भएको छ ।

नेप्सेमा यसअघिका पाँच कारोबार दिन पनि नेप्से लगातार उकालो लागेको थियो । आइतबार नेप्सेमा कुल ९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा ९ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

आइतबार नेप्सेमा कारोबारमा आएका मध्ये ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ ।

आइतबार नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७.३५ प्रतिशतले बढेको छ ।

आइतबार विकास बैंक समूहमा १.४९ प्रतिशतको गिरावट आउँदा फाइनान्स समूहमा २.१६ प्रतिशतको सुधार आएको छ ।