
काठमाडौं । ग्लोबलसहित अन्य दुई ब्राण्डको दाना बेच्ने ग्लोबल एग्रो प्रोडक्टले चालु आर्थिक वर्षको ९ महिनामा करिब ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा २ अर्ब ८६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले सन् २०२४ मा ३ अर्ब ४० करोड ४० लाख, सन् २०२३ मा २ अर्ब ८२ करोड ३० लाख, सन् २०२२ मा २ अर्ब ४४ करोड र सन् २०२१ मा २ अर्ब ५६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीकाअनुसार सन् २०२५ को ९ महिनाको अवधिमा १२ प्रतिशतले व्यापार बढेको छ । सन् २०२४ मा २१ प्रतिशतले व्यापार बढेको थियो । कम्पनीले सन् २०२३ मा १२ प्रतिशत नाफा कमाएको थियो । त्यस्तै सन् २०२४ मा ४८ प्रतिशत खुद नाफा कमाएको थियो ।
सन् २०१२ मा स्थापना भएको कम्पनीले जीवजन्तु तथा कुखुराको दाना उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग प्रतिघण्टा १८ मेट्रिक टन उत्पादन क्षमतामा पेलेट दाना र प्रतिघण्टा ५ मेट्रिक टन माछाको दाना उत्पादन क्षमता छ ।
कम्पनीले ग्लोबल, अमृत र उन्नत ब्राण्डको दाना उत्पादन गरी व्यापार गर्दै आएको छ । कम्पनीमा मुख्य ९ जनाको ६५ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३० करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १७ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब १३ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।
प्रतिक्रिया