
काठमाडौं । संघई परिवारद्वारा सञ्चालित दुई कम्पनीले गत आर्थिक वर्षमा साढे ३ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । दुई कम्पनीले सन् २०२४ मा ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ व्यापार गरेका हुन् ।
संघई परिवारद्वारा सञ्चालित त्रिवेणी स्पिनिङ मिलले सन् २०२४ मा २ अर्ब ४३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै अर्को कम्पनी त्रिवेणी दाल एण्ड आयल इन्डष्ट्रिजले १ अर्ब २५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।
२०२४ मा २ अर्ब ४३ करोड ४० लाख रुपैयाँ व्यापार गरेको त्रिवेणी स्पिनिङले सन् २०२३ मा २ अर्ब ३८ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै सन् २०२२ मा ३ अर्ब ७१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२४ मा २ प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा २ अर्ब ३३ करोड २० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।
सन् १९९५ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । कम्पनीले पोलिस्टर, भिस्कोस एण्ड एक्रिलिक/ब्लेन्डेड यार्न गरी वार्षिक १८ हजार मेट्रिक टन उत्पादन गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ३ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३० करोड २६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७३ करोड ४३ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले सन् २०२४ मा ७२ प्रतिशत आम्दानी निर्यातबाट गरेको जनाएको छ । सन् २०२३ मा ७१ प्रतिशत आम्दानी निर्यातबाट गरेको थियो । सन् २०२४ मा बजार माग र निर्यातमा प्रभाव पर्दा व्यापारमा केही मात्राले कमी आएको जनाएको थियो ।
त्यस्तै, त्रिवेणी दाल एण्ड आयल इन्डष्ट्रिजले गत आर्थिक वर्ष १ अर्ब २५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ९३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अबै ४० करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ९४ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२३ को तुलनामा सन् २०२३ मा ११ प्रतिशतले कम व्यापार गरेको छ । सन् २०२४ मा बजारमा मागमा कमी आउँदा व्यापारमा कमी आएको कम्पनीले जनाएको छ ।
सन् १९९५ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका दालचामलको प्रशोधन गरी आयाततथा नियौत गर्दै आएको छ । कम्पनीले वार्षिक १८ हजार मेट्रिक टन क्षमतामा दालचामल प्रशोधन गरी व्यापार गर्दै आएको छ।
त्यसैगरी कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६८ करोड ४५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३१ करोड ४५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३७ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले विशेषगरी मसुर दाल, पहेलो केराउ र हरियो केराउ आयात गर्दै प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया