
काठमाडौं । गणपति डोर एण्ड प्लाइबोर्ड इन्डष्ट्रिले गत आर्थिक वर्षमा साढे ७६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ७६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा ६४ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ५४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । चम्पालाल बोथ्रा अध्यक्ष रहेको कम्पनीको सन् २०२४ मा १९ प्रतिशतले व्यापार बढेको पाइएको छ ।
त्यस्तै कम्पनीले सन् २०२४ मा २ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२३ मा १ करोड ७० लाख रुपैयाँको खुद नाफा कमाएको थियो ।
सन् २००९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका प्लाईबोर्ड र आधुनिक डोर उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
नेपालगञ्जमा उद्योग रहेको कम्पनीले प्लाइवुड र फल्स डोर गरी वार्षिक ६० लाख स्क्वायरमिटरको उत्पादन क्षमता छ भने डेकोरेटेड बिट ४० हजार रनिङ फिट उत्पादन क्षमता रहेको उल्लेख गरेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५९ करोड ७१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १२ करोड ६८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४७ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले विशेषगरी प्लाईबोर्ड, डेकोरेटिभ डोर र अन्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त सामग्री उत्पादन गर्न चीन, भारत, अफ्रिका र अन्य देशबाट कच्चा पदार्थ आयात गरी आपूर्ति गर्दै आएको छ । साथै, आन्तरिक कच्चा पदार्थ पनि प्रयोग गरी सामग्री उत्पादन गर्ने गरेको कम्पनीको भनाइ छ ।
कम्पनीले शिखर प्लाई ब्राण्डमा उत्च्पादित सामग्रीको व्यापार गर्दै आएको छ ।
प्रतिक्रिया