
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारी मात्राले बढेको छ । इरान-इजरायल युद्धको असर नेपालमा २ सातापछि देखिएको हो ।
भारतबाट इन्धनको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोल ५, डिजेल तथा मट्टितेल ४ र हवाई इन्धनको भाउ प्रतिलिटर ७ रूपैयाँले महँगो बनेको हो ।
नयाँ मूल्य सूचीअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेल तथा मट्टितेलको मूल्य १४९ रूपैयाँ पर्नेछ ।
यसैगरी हवाइ इन्धनको मूल्य पनि आन्तरिकतर्फ प्रतिलिटर ७ रूपैयाँले बढेको छ भने अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ५१ डलरले बढाइएको छ । नयाँ मूल्यसूचीसँगै सार्वजनिक यातायात र हवाई भाडा पनि बढ्ने देखिएको छ ।
दुईसाता अघि इरान र इजरायलबीच युद्ध भएपछि त्यसको असर नेपाली बजारमा देखिएक हो । इन्डियल आयल कर्पोरेसनले आगामी १५ दिनका लागिका बढाएर मूल्य तोक्दा नेपालमा पनि भाउ बढाउनुपरेको नेपाल आयल निगमले जनाएको छ ।








प्रतिक्रिया